करेन्ट लागेर खुर्काेटमा एकको मृत्यु

माघ, १२

रामेछाप । सिन्धुलीमा कर्न्ट लागेर एक जनाको ज्यान गएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार मध्यान १२ : ३० बजेको समयमा पिपलको रुखमा चढेर घाँस झार्ने क्रममा विजुलीको नाङगो तारमा छोईदा करेन्ट लागेर खुर्कोटका ४१ वषका टिका बहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यलय खुर्कोटले जानएको छ । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुली लगिएको खुर्कोट प्रहरीले जनाएको छ ।