मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी

माघ, १२,

रामेछाप । रामेछापको मन्थलीमा एका बिहानै स्काभेटरमा आगोलागि भएको छ । आइतबार बिहान करिब ७ : ३० बजे मन्थली – सालु सडक खण्ड अन्र्तगत काम गर्दै गरेको स्काभेटरमा शनिबार राम्रै काम गरि मन्थली नगरपालिका वडा नं १ सानी मदौमा भन्ने ठाउँमा राखेको र आइतबार बिहान स्टाड गर्न क्रममा एक्कासी आगोलाग्दा बा २ क १९३४ नम्बरको स्कभेटर जलेको घटना स्थलबाट स्थानीय पूर्ण सुवेदीले जानकारी दिनुभयो । अहिले आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी भएर नियन्त्रणमा लिनकाम भैरहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।