रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)

माघ २०

विभिन्न १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सरकारले ६० जना सह–सचिव तथा उपसचिवहरुको पदस्थापना तथा सरुवा गर्दा १६ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु फेरिएका हुन् ।

मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् ।

गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।जसअन्र्तगत रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मा आउनु हुने भएको छ । माघ १९ गतेको मन्त्रीस्तरको निर्णयबाट लिलाकुमारी पाण्डे केसीको सरुवा हुनु भएको हो । रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा केसी करिव १० महिना अघी गृह मन्त्रालयबाट रामेछाप आउनु भएको थियो ।

केसि रामेछापको लागि पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।