पञ्चकन्या मन्दिरको भब्य उद्धघाटन

फागुन, ०५,

रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तील्पङुको ताप्केमा पञ्चकन्या मन्दिरको दास्रो वर्षीक उत्सव मनाएको छ । सामेबार निर्माण सम्पन्न भएको पञ्चकन्या मन्दिरको एक भब्य कार्यक्रमका बिच मनाएको हो ।

६ लाख ५० हजार लागतमा निर्माण भएको मन्दिको नेपाली कांग्रेसका जिल्लाका प्रमुख तथा प्रतिनीधिको उपस्थितिमा कार्यक्रम मनाएको हो । गत वर्ष सम्पन्न भएको मन्दिरको गत वर्ष पनि विभिन्न कार्यक्रम गरिएको थियो ।

मन्थली क्याम्पस दोस्रो वर्षमा अध्ययनतर छात्रा शुशिला बुढाथोकीको सहजिकरण तथा कोषअध्यक्षतामा भएको सम्पन्नमा स्थानीय र नेपाली कांग्रेस रामेछापका नेता तथा समाजसवी कान्छाराम तामाङ र भरत चौलागाइले आर्थिक सहयोग गर्नुभएको छ । संस्थाले आज कार्यक्रम गर्दै मन्दिर निर्माण गर्न सहयोग गर्ने विभिन्न दाताहरुलाई मायाँको चिनो दिदै समान गरेको छ । उसले कलाकारहरुलाई पनि समान गरेको छ ।