दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

फागुन, ०८,

रामेछाप । दोलखाको ऐतिहासिक भिमेश्वर मन्दिरमा पसिना आएको छ । बिहिबार बिहान ६ : ३० बजेको समयमा मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुुभयो ।
मन्दिरका शिलामा पसिना देखएकाले पुजा गरिदै गरिएको स्थानीय विजजी प्रधानले बताउनुुभयो ।

भीमेश्वरको चट्टान शिलाको विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई (पसिना) आएको मानिदै यस अघि देखी विश्वस गरिदै आएको छ । आज प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , स्थानीय जनप्रतिनीधिसहितको टोलिले मन्दिरको अवलोकन गरेका छन् । बिहान करिब ७ बजेको समयमा स्थानीय सहितको टालीले मन्दिर स्थल पुगेका थिए ।

अवलोकन पश्चात पसिना आएको र त्यसलाई सफा कपासले पुच्छेर राखिएको र पहिलेको चलन अनुसार भक्तजन सहित उपस्थितहरुलाई सो कपास बाँड्ने काम गरिएको छ ।

साथै कपास राष्ट प्रमुखलाई बुझाउने परम्परा भएकाले सो कपास राष्ट प्रमुखलाई बुझाउनेको लागि चिठी लेखी सकेको र पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठले जनता भ्वास्लाई जानकारी दिनुभयो । पसिना करिब बिहान पौने ६ देखी ८ बजे सम्म आएको थियो