रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

फागुण, ०८,

रामेछाप । रामेछापको उमाकुण्डमा एक जना शिक्षकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं १ गुम्देल स्थित श्री महालंगुर माध्यमीक विद्यालयमा अध्ययापन गराउने अन्दाजी ४० वर्षीय शिक्षाक राजन बस्नेतको बुधबार राती करिब नौं बजेको समयमा एकसी ज्यान गएको अर्का शिक्षक द्वारिका नाथ सुवेदीले जानकारी दिनुभयो । साँझ उसिनेको आलु र टिमुर खाजाको रुपमा खाएका बस्नेतले खाएपछि पेट दुखेको बताएका थिए । एक्कासि ढलेका उहाँको एम्बुलेन्स् मार्फत उपचारका लागि सदरमुकाम मन्थली तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको स्थनीय ब्यवसायी भिम बिकले जनता भ्वासलाई जानकारी दिनुभयो । अन्य अवस्थामा शिक्षामा कुनै रोग नभएको बताएको छ ।
उहाँको घर पहिलाको गाउँपालिकाको वडा नं ३ कुबुकास्थली र हाल उहाँको परिवार भक्तपुर बस्दै आउनुभएको थियो ।