केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

फागुन ९ । रामेछाप । समाजसेवामा हात अगाडी बढाईरहेका मन्थली नगरपालिका-१३, फुलासीका  सन्तोष चौहानले जन्मदिनको अवसरमा विद्यालयमा पोसाक र शैक्षिक सामाग्री वितरण गरेका छन् । चौहानले २७ औं वर्ष गाँठ मनाउदै रामेछापको मिल्ती जनज्योति आधारभूत विद्यालयका १३५ बढी बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिन मनाउने लहर चलेको र जन्मदिनमा केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुने चौहान बताउछन् ।