जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

फागुन, १०,

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले जातिय विभेद् अन्त्य हुनु पर्ने बताउनुभएको छ । मन्थलीमा शनिबार परियार एकता समाजको पहिलो साधारण सभामा बोल्दै यस्तो बताउनुभएको हो ।

विगतको तुलनामा जातिय द्धन्द्ध न्युन भएको दाबी गर्दै प्रमुख बस्नेतले त्यसलाइ शून्य बनाउनको लागि सबै एक भएर अघि बढनुपर्नेमा जोड्दिनुभएको छ । आफ्नो नगरपालिका भित्र जातिय अपराध गर्नेलाइ कानुन अनुसारको काबाही गरेरै छाड्ने उहाँको चेतावनी छ ।

सबैमा चेतनाको वृद्धि फैलाउनसके विभेद् आफै अन्त्य हुने उहाँको धारणा छ । सधारण सभा कार्यक्रमा आधर्दजन भन्दा बढी बक्ताले जातिय हिंसा अन्त्यका लागि सबै एक जुटहुनुपर्नै धारणा सहित सबै ठाउँबाट पहल गर्नको लागि कदम चाल्ने भन्दै धारणा राखेका थिए ।


जिल्लाका विभिन्न जातिय मुद्धामा अग्रसर सामाजिक अगुवा , संचारकर्मी, ब्यवासायिहरुको सहभागित भरहेको थियो । समाजले विभिन्न समयमा आफ्नो पहिचान जोगाउने, सिलाइ ब्यवासायलाई प्राथामिकता दिएर स्वरोजगार मूलक काम गर्दै आएको छ ।

परियार समाजले पञ्चेबाजासहित मन्थली बजारमा ¥याली निकालेलेका थियो ।