उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

फागुन, ११,

उमाकुण्ड गाउँपालिकाको भवन हस्तान्तरण भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भवन हस्तान्तरण गरिएको हो । भवन बाग्मती प्रदेशका समाजिक विकास मन्त्रि युवराज दुलालले हस्तान्तरण गर्नुभएको हो ।

निर्माण ठेक्का सम्झौता भएको तीन महिना अघि नै निर्माण सम्पन्न भएको भवन हस्तान्तरण भएसंगै पालिकाको काममा सहज हुने भएको छ । हाल चार छुट्टा छुट्टै विभिगहरु फक फरक कच्ची घरमा रखेर संचालन गरिदै आएको छ ।

हाल सम्पन्न भएको भवन आधुनिक, भुकम्प प्रतिरोधी रहेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जनता भ्वासलाई जानकारी दिनुभयो । साथै उहाँले पालिकाको काम दुर्त गतिमा आघि बढेको जानकारी दिनुभएको छ । दिगो विकास पालिकाको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ ।

एक करोड ११ लाख लागतमा बनेको भवनमा आंसिक फर्निचर र डेकुरेसनका काम मात्रै बाँकी रहेकाले अब छिट्टै सोहि भवान बाट कार्य सुचारु गर्ने पालिकाका कार्यकारी अधिकृत ईश्वरी प्रसाद सुवेदीले जनता भ्वास्लाई जानकारी दिनुभयो । शौचालय बाहेक १८ ओटा कोठा रहेको उक्त भवान बनेसंगै स्थानीयहरुमा पनि खुसी छाएको छ ।