रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)

फागुन, १२ ,

रामेछाप । रामेछापको मन्थलीमा एक चितुवाको उद्धार गरि ल्याईएको छ । जिल्लाको खाँडादेवी गाउँपालिकामा चितुवा फेला परेको हो ।

स्थानीयले रामेछापको खाडाँदेवी गाउँपालिका ४ खोपमा सोमबार चितुवा फेला पारेका हुन् । नियन्त्रणमा लिइएको चितुवा करिब ५ फिट लम्बाई ३ फिट उचाई रहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द कुमार खड्काले जानकारी दिनुभयो ।

स्थानीयको सूचनाका आधारमा डिभिजन वन कार्यालय रामेछापको पहलमा पुशुसेवा कार्यालय मन्थली नगरपालिकाबाट संयुक्त रुपमा खटिएको टोलिले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
बिरामी अवस्थामा रहेको चितुवालाई अहिले जिल्ला पशु सेवा कार्यालय मन्थलीमा राखिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी टेकेन्द्र पौडेलले जानकारी दिनुुभयो ।
विरामी अवस्थामा रहेको चितुवाको पछाडीको भाग प्यारालाइसिस भएकोले पशु सेवा कार्यालयमा राखी उपचार भैरहेको बताएको छ ।

चितुवालाई स्थानीय औजार सामान्य एनेस्थिया प्रयोग गरेर नियन्त्रणमा लिइएको सहायक वन अधिकृत कर्णले बताउनु भएको छ । सामान्य उपचारपछि यहाँ ठिक नहुने अवस्था आएमा त्यसलाई राष्ट्रिय निकुञ्ज पठाइने डिभिन वन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल किशोरलाल कर्णले जानकारी बताउनुुभयो ।