रामेछापमा ४० वर्षपछिकै अत्याधिक असिना, तरकारी बालीमा क्षेती (फोटो फिचर )

फागुन, १२,
रामेछाप । रामेछाप सहित देशका विभिन्न स्थानमा वर्षाभएको छ । सामेबार रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा पहिलो पटक अत्याधिक असिना सहितको वर्षा भएको हो । अप्रान्ह ४ बजेको समयदेखी चट्याङ सहित असिना परेको हो ।

स्थानीय लालबहादुर तामाङले दिएको जानकारी अनुसार करिब आधा घण्टा परेको असिनाले कृषकहरुले लगाएको तरकारी साग, लसुन लगायतमा क्षेति पुर्याएको छ । नगरपालिकाको भालुखोप, रामेछाप बजार, ओख्रेनीमा ४०–४५ बर्ष पछि यस्तो बर्षा भएको जानकारी जनता भ्वासलाई जानकारी दिनुभयो । असिनाका कारण मासिनहरु हिडुल गर्नलाई नसक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।