रामेछापमा कर्मचारीबाटै उदाहरणीय काम : शैक्षिक समाग्री वितरण,

फगुन, १४,

रामेछाप । देशभरिका विभिन्न कार्मचारी, प्रहरी, नेता, कराडौको भ्रष्टचारका कारण पकाउ परि रहेको अवस्थामा रामेछापका एक कर्मचारीले भेन, उदाहरणीय काम गरेका छन् ।

रामेछापको सदरमुकाम मन्थली स्थितजिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार मन्थली रामेछापमा कार्यरत श्रवन ढुङ्गानाले जिल्लाका गरिब तथा लोपनुमुख विद्यार्थीहरुलाई जन्म दिनको अवसरमा शैक्षिक समाग्री वितरण गरि शैक्षिक क्षेत्रमा टेवा पु¥याउनुभएको हो ।

लेखापाल ढुङ्गानाले आफ्नो जन्म दिनको अवसर पारेर रामेछाप नगरपालिका वडा नंम्बर ८ वादीस्थित भुमेस्वरी आधरभुत बिद्यालयका ४४ जना विद्यार्थीहरुलाई कापी, कलम वितरण्न गगर्नुभएको हो । ढुङ्गानाले आफ्नो सानो सहयोगले स–साना नानीहरुलाई पढनको लागि उत्प्रेणा मिलोस भनि शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।


नेपालकै लोपोन्मुख हायु बस्तीमा अवस्थित भुमेस्वरी आधारभुत बिद्यालयका कक्षा १ देखी ३ सम्मका ४४ जना विद्यार्थीलाई एक – एक सेट कलम, कापि वितरण गरिएको थियो ।


विभिन्न होटेल रेस्टुरेन्टमा गयर भड्किलो र खर्चिलो तरिकाले जन्म दिनको नाममा गरिने तडग, भडकलाई चिर्दै सबैले आफ्नो ठाउँबाट सहयोगमा जुटन र सबैमा एकतको सन्देश दिन सो कार्य गरेको उहाँको भनाइ छ ।