रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

फागुन, १८,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा बर्थिङ् सेन्टर संचालनमा आएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले एक औपचारीक कार्यक्रमका बिच बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित वडामा बर्थिङ सेन्टर संचालनमा आएसंगै स्थानीयहरुमा खुसिछाएको छ ।

विगत लामो समय विभिन्न देशमा बस्दै आउनुभएकी सोलुखुम्बु जिल्लाकी बुद्धि मायाँ शेर्पा र दातृ निकायको ५८ लाख सहयोग लागतमा निर्माण गरिएको बर्थिङ सेन्टरमा शौचालय सहित १५ कोठा रहेको छ । अत्याधुनीक, भुकम्प प्रतिरोधी, भवन संचालनमा आएसंगै वडा नं १ का सुत्करी हुन नसकेर मृत्यु वरण गर्न पर्ने वातावणरणबाट मुक्त भएको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले बताउनुभयो ।

प्रसुती गृह संचालनमा नहुदा एक वा दुई दिन बर्खाको समयमा बोकेर सदरमुुकाम वा दोलखाको जिरी लगायतका ठाउँहरुमा लगिदै आएको थियो ।
साविकका ९ वटा वडा रहेको गुम्देलमा ४ नंम्बर वडामा प्रसुती गृह संचालन भएकोमा खुसी ब्यक्त गर्दै सोही वडाकी स्थानीय तथा पालिकाकी उपप्रमुख उर्मिला कार्की बस्नेतले आफुले सुत्केरी हुदा भोगेको पिडा अन्य महिला दिदी, बहिनीहरुले भोग्न नपरोस् भनि बर्थिङ् सेन्टर संचालनमा ल्याउन आफुले भुमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा महिलाहरुको विभिन्न स्वस्थ्य सेवा विस्तारका काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।