कोरोना भाइरसको कारण, दोलखा मोहत्सव स्थगित

फागनु, १९ ,

रामेछाप । दोलखामा आगामी बुधबार देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाउँदै सभा, सम्मेलन र समारोह नगर्न निर्देशन दिएपछि दोलखा महोत्सव तत्कालका लागि स्थगित भएको हो । मोहत्सव २१ गतेदेखी ३० गते सम्म हुने भनिएको थियो ।


दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले ९ दिने दोलखा महोत्सव र लगानी सम्मेलन दुबै स्थगित भएको बताउनुभयो ।


दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले महोत्सवका आयोजकलाई माथिको निर्देशन भन्दै महोत्सव आयोजना नगर्न निर्देशन दिनुभएको थियो ।

प्रजिअ शर्माले आयोजक दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीलाई कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएकाले, सरकारले कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाएमा हामीले एकेबदता जाहेर गरेको श्रेष्ठले जानकारी दिनुभयो ।


सरकारको निर्णयपछि दोलखा महोत्सव उद्धघाटनका लागि आउने भनिएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको पुर्व निधारित कार्यक्रम रद्ध भएको छ ।

गु्रास