रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने

फागुन, १९,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ११० औ श्रमिक महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।


नगरपालिकाले दिवसको अवसरमा लोकगीत प्रतियोगीता आयोजना गरेर मनाउने सामेबार नगरपालिकाले एक सुचना जारी गर्दैजानकारी गराएको छ । नगरभित्रका सम्पुर्ण महिलाहरुले प्रतियोगीतामा भागलिने गरि प्रतियोगीतामा आयोजना गरेको नगरपालिकाकी वालवालिका शाखा अधिकृत सरिता बुढाथोकीले जानकारी दिनुभएको छ ।सहभागीहरुले आफ्नै मौलिक रचना गर्नुपर्ने लगाएतका नियमहरु राखिएको छ ।


प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले फागुन २२ गतेभित्र समुह दर्ता गराउन सक्नेछन र उत्कृष्ट समुहलाई आकर्षक पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।