सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

फाल्गुण १९, अनिता थापा मगर,

रामेछाप । लाखौँ गरिब दुखीको भगवान बन्न सफल अर्घखाचीका सामाजिक अभियान्ता कृष्ण थापाको शब्दमा नयाँ गित टिकटक सार्वजनिक भएको छ । प्रदेशमा रहेर सामाजिक काममा उत्तिकै सक्रिय साथै गीत संगितमा पनि कलम चलाउने गर्दछन ।

नयाँ गीत टिक टक उनै अभियान्ता कृष्ण थापाको शब्दमा बजारमा आएको छ भने बसन्त लम्साल र अनिता मगरको आवाजमा रहेको छ । गीतमा गायक बसन्त लम्सालको नै लयमा रहेको छ ।

पछिल्लो समय हामी धेरै ब्यक्तीहरु टिकटकमा नै ब्यस्त भएका छौ । यो गितले अहिलेको युवा पुस्तामा भएको टिकटक प्रतिको मोहलाई समेटेको छ । गीतको निर्देशक काजिस श्रेष्ठ, इडिट दिपक बिष्ट, क्यामेरा सागर गौतम , अभिनय सागर बोहोरा र करिष्मा ढकालले गर्नुभएको छ । गितको अडियो भिडियो एडि फिल्मबाट सार्वजनिक भएको हो ।

हेर्नुस निक्कै मिठो गित टिकटक :

यो गीत साभार गरिएको छ ।