रामेछापबाट काठमाडौं जादै गरेको बस काभ्रेमा दुर्घटना, २५ जना घाइते,६ गम्भिर,

फागुन २१,
रामेछाप । रामेछापको गुराँसेबाट काठमाडौँ तर्फ हिडेको बस बुधबार काभ्रेको कोशीपारीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा साइड दिने क्रममा दुर्घटनामा परेको हो । घाइते भएका मध्ये ६ जनाको अवस्था भने गम्भिर रहेको बताएको छ । चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । घटना सम्बन्धी थप विवरण आउँन बाकि छ ।