प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

फागुन, २२,

जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार जिल्ला अन्तर्गत रहेका १४ वटा सरकारी कार्यालयहरुमा अनुगमन गरेको छ ।

प्रशासन कार्यालय रामेछापले जिल्ला अन्तर्गतका पूर्वधार विकास कार्यालय, सघन सहरी विकास आयोजना, मन्थली नगरपालिका, जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, जिल्ला हुलाक कार्यालय, खानेपानी डिभिजन कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विद्युत प्राधिकरण कार्यालय, नापी कार्यालय र मालपोत कार्यालयमा अनुगमन तथा निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । यो अनुगमन जिल्लामा प्रमुख जिल्ला अधिकारी रुद्र र्शमा आएपछि पहिलो पटक गरिएको हो ।

सुचना


अनुगमको क्रममा १२ वटा कार्यालयमा ५५ जना कर्मचारी अनुपस्थित रहको पाईएको छ । त्यस्तै ८ जना कर्मचारीले निर्धारित पोशाक नलगाएको पाएको छ । उनीहरुलाई पोशाक नलगाउनुको स्पष्टिकरण सोधिने र चित्त बुझधो जबाफ र प्रमाण प्राप्त नभए नियम अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्र देबी र्शमाले प्रतिबद्ध जनाउनुभयो ।

त्यस्तै प्रशासनले फागुन २६ गते परेको होली पर्वको सम्पुर्ण जिल्ला बासीमा शुभकामना पनि दिएको छ । होली पर्वको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै मर्यादित र समयामित तरिकारले पर्वलाई मनाउन अनुरोध गरेको छ ।

कोरोना भाईरसको त्रस रहेको स्पष्ट पार्दै कसैलाई दु : ख दिन नभै खुसी बनाउनुको लागि पर्व मनाउन अपिल गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै कोरोना भाईरसको कारण देखाउदै प्रशासनले मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम नगर्ने र नगराउन सबैमा सुचिन पनि गरेको छ ।