कुशल राजनीतिग्यको संस्थाले कुशल संस्कारको विकास सँगै गछौं अध्यक्ष खड्का

फागुन, २६

रामेछाप । गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले एक कुशल राजनीति गर्ने ब्यक्तिको नामबाट खोलिएको संस्थाले कुशल संस्कारको विकास सँगै सामाजिक विकासमा काम गर्ने बताउनु भएको छ ।

गिरिजा प्रसाद फउन्डेसनको पालिका स्तरिय कार्यसमिति गठन कार्यक्रमा दोरम्बा गाउँपालिकाम बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्लाको सबै स्थानीय तहमा संस्थाको समिति गठन पश्चात समाज विकासका केही नयाँ काम गरिने पनि अध्यक्ष खड्काले प्रतिबद्धता जनाउनुभयो ।

समिति गठन गर्दै खड्काले रामेछापको दोरम्बा ३ का निल बहादुर मगरलाइ गिरिजा प्रसाद कोइराला फण्डेशनको अध्यक्षतामा चयन गर्नुभएको छ ।

आइतबार १३ सदसिय कार्यसमिति गठन गरिएको हो । गठन भएको कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर श्रेष्ठ, सचिबमा कमल श्रेष्ठ, सहसचिवमा मेनुका रसाईली र कोषाध्यक्षमा ज्ञान बहादुर विसुन्के चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आठ जना सदस्यहरु चयन भएका छन् ।