गोकुलगंगामा एक वृद्धा मृत फेला

२६ फागुन ,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको १ कप्टेमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थमा फेला पर्नेमा गोकुलगंगा गाउँपालिका १ कप्टे बस्ने दिल्लीसिंह तामाङको श्रीमती ७४ वर्षीया पम्फा तामाङ रहेकी हुन् । आइतबारबिहान करिब १० बजे बाहिरबाट ताल्चा लगाएको देखिपछि छिमेकीले ताल्चा फोडेर हेर्दा पम्फालाई मृतावस्थामा भेटपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली घटना स्थलमा पुग्दा मृतक ती वृद्धाको टाउकोमा चोट लागेर रगताम्य अवस्थामा उनको शव फेला पारिएको प्रहरीले जनाएको छ । सोही स्थान बस्ने करिब १७÷१८ वर्षीय सरोज तामाङलाई घटनामा संलग्न भएको हुन सक्ने आशंकामा हिजो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे छ । मृतक तामाङको शवलाई पोष्टमार्टमको लागि हाल दोलखाको जिरी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।