जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे

फागुन, २७,

रामेछाप । दोलखा जिल्लाको जिरी नगरपालिकामा विश्वमै दुर्लभ मानिएको चरिबाघ मृत अवस्थामा फेला परिएको छ । जिरी नगरपालिका स्थित तारा दल गण गुलम जिरीले एक मृत र एक ज्यूदो चरिबाघ फेला पारिएको बताएको छ ।

फेला पारीएको चरीबाघहरु एक ३४ इञ्च र १७ इञ्च लम्बाइ रहेको जनाएको छ । गणभित्र सोमबार साँझ करिब ७ बजेको समयमा फेला परिएको बाघ मंगलबार डिभिजन वन कार्यालय जिरीमा बुझाएको नेपाली सेना तारा दल गण जिरीका निम्ति गुलमपती सहसेनानी शुभराज गुरुङले जानकारी दिएको दिनुभयो ।

सोमबार राती चरीबाघका आमा छोरी रुखबाट झरेको अवस्थामा फेला पारेको तारा दग गण दोलखाले जनाएको छ । आमा मृत अवस्थामा फेला परोको र बच्चा कुकुरले लखेटेर घाइते अवस्थमा रहेको जनाएको छ ।

मृत आमा चरीबाघ भने सेनाले खाल्डोमा गडेको बताएको छ ।
जीवित रहेको बच्चा चरी बाघलाई भने दुध खुवाएर डिभिजन वन कार्यालय दोलखामा राखिएको र वन्यजन्तु विभागमा पठाउने तयारी भैरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।