लिखु तामाकोसीमा जनप्रतिनीधिले रेस्लिङ देखाएको कांग्रेसको ठहर

फागुन, ३०,

नेपाली कांग्रेस लिखु तामाकोसी गाउँ कमिटीले सोही गाउँपालिकाका जनप्रतिनीधिले गाउँपालिकामा रेस्लिङ देखाएको ठहर गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा विभिन्न अवाञ्छणिय गति विधि गरेको कांग्रेसले ठहर गरेको हो ।

गाउँपालिकामा विभिन्न कारणले स्थानीय जनप्रतिनीधिहरु बिच हात हाला हाल भएपश्चात पालिकामा विकास निर्माण लगायत पालिकाबाट संचालीत सबै काम ठप्प भएको छ । विगत ९ महिनादेखी पालिकाका सबै काम संचालन भएका छैन्न् ।


सोही विषयलाई लिएर कांग्रेसले पालिकाका जननिर्वाचित जनप्रतिनीधिहरुले जनताहरुलाई दुख दिने र पालिकाको शिर नै झुक्ने काम गरेको जिकिर गरेको छ ।

विज्ञप्ति

कांग्रेसले विज्ञप्ति सहित पत्रकार सम्मेल गरेर पालिकाका जनप्रतिनीधिहरुले जनताको विश्वासमा आघात गरको जनाएको हो ।

कांग्रेसले जनताको विश्वासमा खिल्ली उडाउदा भएको अन्यायको आधादर्जन भन्दा बढी प्रश्न सहित तत्काल जनताको सेवा, विद्यार्थीको भविष्य, वृद्धाभत्ता, एकल महिलाको सुरक्षा, शान्ति सुरक्षा, विकास निर्माण, कार्मचारीहरुको तलबभत्ता, लगायत तत्काल सुचारु गर्न आग्रह गरेको छ ।

हाल सम्म भएका अपराधिक गतिविधी रोक्न, जनताको जिवन स्तर माथी उठाउन, कानुन निर्माण गर्न सुझाएको छ । राम्रा कामको साथ दिने बताउदै उसले लिखु बासिलाई न्याय दिन आग्रह गरेको छ ।