दुबै खुट्टा विना विश्व यात्रामा, गौतम बुद्ध नेपालका हुन भन्ने अभियान, नेपालको सहित विश्का झण्डा सगरमाथामा प¥याउछु

चैत्र, ०३

यो फोटोमा देखीएका ब्यक्ति तेज बहादुर कार्की । उहाँको दुबै खुट्टा छैन्न्, उहाँ उमेरले ५५ वर्ष पार गरि ५६ वर्षमा प्रवेश गर्नुभयो । उहाँको घर ओखलढुङगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा पर्छ । एक असक्त ब्यक्ति भनौ, या शाहासी ।

धेरै वर्ष पहिले गरिब परिवारमा जन्मेर दुइ हात मुख जोड्नको लागि केही गर्नु प¥यो भनि गाडी चलाउने पेशा गर्दै थिए । जसो तसो जीवन पहिलाको तुलनामा राम्रै चल्न थाल्यो । बिहान उज्यालो नहुदैको वर्षे झरी, भिर, पहरा, डाडाँपाखा, चिसो, केही नभनि त्यही गाडी जीवन हो ।

यसलाई नै जिविको पार्जनको एक महत्वपूर्ण मानेर चलाउथे त्यो बस । उनी निकै खुसी बनेका थिए त्यती बेला । उहाँको परिवार पनि, त्यो समयमा दुख, सुख चलेको थियो । तर २०५७ साल माघ २३ गते ३ बजे राती धादिङको जोगिमारा भन्ने ठाउँमा डाइबर गर्दै गर्दा एक्कासी आँधी तुफान आयो नसोचेको घटना भयो र २ सय मिटर तल खस्यो बस ।

नाबालकसहित ३२ जनाको त्यतिनै बेला ज्यान गायो, जुन अहिले उहाँको लागि अतित बनेको छ । सपना जस्तै लाग्छ अहिले । कसैका छोराछोरी, श्रीमती, बाबुआमा, आफ्नता, कोहीन कोही गुमाए तिनै ३२ जना मध्ये । सगै चालक रहेका कार्कीको दुवै, खुट्टा दुर्घनटामा च्यापियर शरिरबाट अलग भए ।

जीवन सकिया । दुई मुठी शास पनि भारि भयो । मुटु त किन जिवित बसेको किन प्राण गएन । सायद यो परिस्थिती भोग्न बाँकी रहेछ, उहाँ मुस्कुराउदै भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, मलाईलाई त्यतिबेला देखी चिने मान्छे कोही पाहिएको थिए तर रामेछापको मन्थली नगरपालिका वडा नं १ मन्थली बिच बजारमा एक रेडियो तथा घडी मर्मत सेनटर चलाएर बसेका ध्रब बुढाथोकीले त्यतीबेला डाइबर पेशा गर्नेभएकाले मेरो वास्तविकता बुझेको मान्छेलाई भट्न पाए १५ मिनेट जती कुरा भयो, मेरो सबै त्यो बेलाको काहाँनी उहाँको मुख बाट सुने आफैलाई आश्चार्य लाग्यो ।
धेरै समय अस्पतालमा बित्यो ।

जनता भ्वास अन्लाइनको एप्स् यो लिङ्कबाट डाउन्लोड गर्नुस्

https://play.google.com/store/apps/details?id=biz.webpal.janatavoice&hl=en

निकै कष्ट गरियो जीवनमा अनि के गर्ने भन्ने छुट्टै मनमा एक भाव सिर्जना भयो, देशको परिस्थिती, समय, काल खण्डले निकै आफैलाइ मुटु दुखायो । एक कुनामा बस्न बाहेक मसंग कुनै विकल्प थिएन । आफैमा आत्म गलानी भयर आउन थाल्यो । समाजमा कति ठाउँमा त घिृणाको पात्र पनि बने । त्यसैले आब केही गर्नु पर्छ भन्ने मनमा एक भाव आयो । म पनि केही गर्न सक्छु यतिकै मर्दिन म ।

म केही गर्नु पर्छ, विश्वका २ सय भन्दाबढी राष्ट्रमा केही न केही त गर्ने ठाउँ होलानी यो संसारमा त्यसैले म केही गर्न सकिन्छ भनेर निस्किए । दुइ भाइ छोरा र एक बहिनी छोरी श्रीमतीलाइ छोडेर एक ह्वीलचियरको सहायतामा विश्व भ्रमण गर्न र आफ्नो नाम विश्व कृतिमानीमा राख्नको लागि २०६१ साल जेष्ठ ४ गतेबाट यात्रा सुरुभयो ।

१५ वर्षको यो अवधिमा खुट्टा बिनानै विश्व शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश दिने र आत्मविश्वसले मान्छेलाई बलियो बनाउन सक्छ भन्ने उदाहरण बन्ने योजनाको साथ घरबाट हिडे ।

हाल विश्वका ३३ राष्ट्र, नेपालका ७७ वटा जिल्ला मध्ये ६६ वटा जिल्ला भ्रमण गरि सके । ६६ औँ जिल्लाको रुपमा रामेछाप आईपुग्नु भएका कार्की निकै साहासी र आत्मविश्वासका साथ अघि बढि रहनुभएको छ । उहाँको विश्वलाइ यो सन्देश दिनुहुन्छ कि मनमा आँट छ भने बालुवामा पनि कमलको फुल फुलाउन सकिन्छ ।

विश्वास आफुमाथी छ भने इन्द्रको बाउको पनि केही लाग्दैन । बस, आफुले मनमा हरेश खानुभएन । म आज धेरै खुसी छु । मेरो जीवनको भोगाइ निकै रमाइलो छ, लाग्छ, रमाईलो बनाउछु । अझै बनाउछु ।

विश्वका सबै देश डुलेर त्यहाँका झण्डा मेरो देशको सगरमाथाको चुचुरामा प¥याउने मेरो जीवनको सबै भन्दा ठुलो काम छ । अझै त आधा मात्रै भोगेको छु । मैले मेरो जीवन धेरै काम गर्न बाँकी छ । र त यसरी हिड्दै छु । मैले विश्व कृतिमानी कायम गर्न अझै १ सय ३०÷४० देश त डुल्नै बाँकी छ । र म जसरी नि पुरा गरेरै छाड्छु । अन्तिम लक्ष्य मेरा सगरमाथामा नेपालको झण्डा फहराउनु हो । हामी सबै अपाङ्ग भएकाहरुलाई चिनाउने काम गरेर मात्रै म सन्तुष्ट बन्छु । सगरमाथा पुगेरै छाड्छु ।
शारिरीक रुपमा अपाङ्ग कार्की ह्वीलचियरको दुबै तर्फ नेपालको चन्द्र सुर्यलाई फहराउदै विश्व यात्रमा आधा शरीरलाइ लिएर हिड्नुभएको छ । यो विश्वास र आत्मबलको लागि सबै नेपालीले साथ र हौसला प्रदान गरौं एक एक शियर गरेर विश्वसामु अक्षरको रुपमा पु¥योउ ।