सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

चैत्र, ०५,

रामेछाप । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला स्थित सरकारी कार्यालयको छड्के निरिक्षण गरेको छ । प्रशासनले घरेलु तथा साना उद्योग विकास कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, नेपाल टेलिकम, रामेछाप नगरपालिका, डिभिजन वन कार्यालय र स्वास्थ्य कार्यालयमा छड्के अनुगमन गरेको हो ।

जिल्ला स्थित ६ ओटा कार्यालयमा छड्के निरिक्षण गर्दा २६ जना अनुपस्थित भेटिए भने ११ जनाले निर्धारित पोषाक नलगाएको प्रशासन कार्यालय रामेछापले जनाएको छ । त्यस्तै १० जनाले कर्मचारी परिचयपत्र नलगाएको पनि प्रशासनले जानकारी दिएको छ ।