सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाहरुको सूची सार्वजनिक-रामेछापका ३२ जनाको नाम सूचीमा

रामेछाप- छानबिन आयोगले सोमबार सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नामावली सार्वजनिक गरेको हो । सुचीमा पूर्ण र आशिंक रुपमा बेपत्ता पारिएका व्यक्तिहरुको सूचीमा रामेछापका ३२ जना रहेका छन् ।

आयोगले बेपत्ता पारिएका व्यक्तिबारे केही सूचना भए आयोगको कार्यालय ललितपूरको पुल्चोकमा वा टोल फ्री नम्बर १६६०–०१–२२१११ फोन गरेर जानकारी दिन अनुरोध समेत गरेको छ ।