नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

चैत्र, ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकाको– १ राकाथुमबाट बुधाबार नक्कली नोटको कारोबार गर्ने दुई जनामाथी अनुसनधान भैरहेको रामेछापका प्रहरी प्रमुख वसन्त पाठाकले बताउनुभएको छ । एक गोरु व्यापारीले गोरु खरिद गरे बापतको पैसामा बीचबीचमा नक्कली नोट समावेश गरेर वितरण गरेको तथ्य पत्ता लागेपछि प्रहरीले व्यापारी मार्फत स्थानीयलाई पैसा वितरण गर्ने दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा राकाथुमका ढकबहादुर तामाङ र मझुवाका सार्की तामाङ रहेको प्रमुख पाठकले जनता भ्वासलाई जानकारी दिनुभयो । प्रकाउ परेकाहरुले पैसा दिएको स्वकार गरेको बताउदै उहाँले उनीहरु बिचमा काम गर्ने मात्रै रहेको बताउनुभएको छ । घनटाका प्रमुख दोसी फरार रहेकाले उनीहरुलाई सोधपुछ गरि मुख्य अभियुत्त पक्राउको लागि कानुनी प्रक्रिया अघिबढी रहेको जानकारी दिनुभयो । प्रहरीले करिब १ लाख रुपैयाँ नक्कली नोट पनि बरामद गरि सकेको र अझै स्थानीयहरुले नक्कली पैसा ल्याउने क्रम जारी रहेकाले बढन सक्ने दाबी गर्नुभयो ।