मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं

चैत्र, ०६

रामेछाप मन्थली नगरपालिकाका १२ वर्षीय बालक बेपत्ता भएका छन् । ३७ वर्षीय बुबा बल बहादुर खड्काका छोरा कृष्णा खड्का काठमाण्डौ – २९ अनामनगरबाट गत चैत्र ४ गते मंगलबार २ बजे बानेश्वरबाट बेपत्ता भएका हुन । रत्नराज्य स्कूलमा कक्षा ५ मा अध्ययन्तर रहेका खड्का साथीको साइकल पु¥याउन जाने भने कोठाबाट हिडेका र हाल सम्म घर नर्फकेको काका मेका खड्काले जनता भ्वासलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, साथीकोमा साइकल पु¥याउछुभनि हिडेको छोरो साझाँ सम्म कोठा नर्फकेको र सार्थीलाई फोन गरेर बुझ्दा सार्थीकोमा नआएको सार्थीले भने जनता भ्वाससंग भन्नुभयो ।

त्यस्तै सोही साँझा करिब ६ बजेको समयमा पेप्शी खोलामा आफन्त मान्छेसंग मोटरसाइकलमा बालक बसेको पनि जानकारीमा आएको पाएकाले घटना सनसनिपूर्ण हुन सक्ने उहाँले बताउनुभयो ।
तत्कालाइ प्रहरीमा बालक हरायको जानकारी दिएपनि हाल सम्म पत्ता नलागेकोले सबै ले कतै भेटेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
विगत ९ महिना देखी अनामनगरमा बस्दै आएका खड्काका परिवारमा आमा गीता खड्का र दिदी अप्सारा खड्का रहेका छन् ।
बेपत्ता भएका बालकले रात्नराज्य स्कूलको निलो ट्याक्सुट् लगाएको बताएको छ ।