भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका


चैत्र, ०७,
रामेछाप । मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशव रोकाले आफुले भ्रष्टचार गरेको भए आफु फँसीमा झुण्डीएर मर्ने जिकिर गर्नुभएको छ । देशैभरीका जनप्रतिनीधि र कर्मचारीहरु भ्रष्टचारमा लिप्तछन् भन्ने प्रश्नको जवाफदिदै उहाँले आफुले भ्रष्टचार गरेको प्रमाण पत्ता लागेमा आफु जनताको सामु झुण्डीएर मर्न तयार रहेको चेतावनी दिनुभएको हो । बिहिबार जनता भ्संवाईसंग कुरा गर्दै वडा अध्यक्ष रोकाले आफुले निर्वाचित भएको ३४ महिना नागरिकहरुको सेवमा आहोरातत्र खटेको दाबी गर्नुभएको हो ।

अध्यक्ष रोकाले आफुले निर्वाचनमा गरको प्रतिबद्धता स्वरुप उज्यालो वडा बनाएको जिकिर गर्नुभयो । आफु निर्वाचित हुँदा टुकिमा बस्नुपर्ने बध्यता थियो तर आफु निर्वाचित भएको केही समयमै झलमल बत्ति बालेको दाबी गर्नुभयो । उहाँले अहिले भाडाको घरबाट चलाउदै आएको वडा कार्यालयको आगामी वर्षबाट आफ्नै भवन हुने आश्वसन दिनुभयो ।

नेपाली कांग्रेसको राजनीतिबाट लामो पाठ सिकेको स्मरण गर्दै उहाँले आगामी दिनमा जनताको हित र आवश्वकताका आधारमा सेवा दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । गर्न चाहेको धेरै काम संघ र प्रदेशले विभिन्न कानुन निर्माण नगर्दा समस्या भएकाले गर्न नसकेको उहाँको आरोप छ । भ्रष्टचार बढेको भन्ने प्रसंगमा उहाँले भ्रष्टचार गर्नेले अरुलाई त्यस्तै देख्ने आरोप लगाउनुभयो । वडामा स्वस्थ्य चौकी निर्माणको लागि स्थानीय नागरिकको निशुल्क जग्गा प्रधानबाट अब प्रक्रिया अघिबढेको जानकारी दिनुभयो ।