कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

पौष, ०४,

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले कृषि क्षेत्रको विकासको लागि नगरपालिकाका प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको आधुनिक कृषि सहकारी संस्था लिमिटेडको कृषक भेला तथा अन्तरक्रिया कार्यक्रमा उहाँले नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि जन्य उत्पादनलाई बजार ब्यवास्थापन गर्ने आश्वसन पनि दिनुभएको छ ।

उहाँले कृषि पेशा संसारकै उत्कृष्ट पेशा भएकाले सबै जनाले कृषकहरुको सम्मान गर्नु पर्ने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नेपालीहरु श्रमलाई सम्मा गर्ने प्रविद्धि बडाउदै लानुपर्नेमा जोडदिनुभयो । उहाँले कृषहरुसंग मन्थली नगरपालिका सधैव साथमा रहेको स्मरण गराउन गराउनु भयो । आगामी दिनमा  कृषि अनुदान, सामाग्री, औजार सहुलियतमा उपलब्ध गराउने आश्वसन पनि दिनुभयो । त्यस्तै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन, वितरण लगायत सबै कृषकहरुको जिवन स्तर माथी उठाउने कार्यक्रमहरु संचालन गर्ने पनि जानकारी दिनुभयो ।

त्यस्तै रामेछाप जिल्ला सहकारी महासंघ रामेछापका अध्यक्ष तथा पत्रकार हिमाल ढुङ्गेलले कृषि पेशा काम मध्येको पनि उत्कृष्ट काम भएको धाराणा राख्नुभयो । उहाँले कृषि क्षेत्रको अनुदान देशैभरी अनुत्पादक क्षेत्रमा बढी लगानि भएकोले हामीले ध्यानदिएर आगामी दिनमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सबैमा आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले कृषिलाई अधुनिकिकरण गरि कृषहरुको समस्यालाई समाधान गरिनु पर्नेमा जोड्दिनुभयो । उहाँले सफल कृषकहरुको जिवन स्तर परिवर्तनमा सहयोग गर्न सञ्चारमाध्यमलाई परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिवन स्तरमा परिवर्तन ल्याउन सबै सम्बन्धीत पक्षले जोड दिनु पर्ने बताउनुभयो । त्यस्तै कृषको उत्पादनको सुरक्षीत तरिकारले ब्यवास्थापन गर्नुपर्नेमा जाड्दिनुुभयो

यता कृषिहरुले भने आफुहरु सबै क्षेत्रबाट समस्यामा परेको बताएका छन् । कृषकहरुले उत्पादन गरको कुनै पनि वस्तुले बजार नपाएको, स्थानीय सरकारले पनि कुनै चासो नदिएको गुनासो गर्दै नगरप्रमुख प्रति आक्रोसित भएका छन् । उनीहरुले कृषि जनय समाग्री विभिन्न कारण देखाउदै जिल्लामा खपत नहुने, कृषिसामाग्री उपलब्ध नभएको, स्थानीय तहहरुले दिन अनुदान पहूच वालालाई मात्रै दिएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले आगामी दिनमा कृषकहरुको समस्यालाई सम्बन्धीत पक्षले ब्यवस्था गरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।