लिखु तामाकोसीमा अर्को बज्रपात सिृजना ,,स्वास्थ्य चौकिमा औषधी किन्न बजेट छैन ?

पौष,०८, मन्थली,

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा विभिन्न समस्या झेल्दै आएका स्थानीयमा अर्को बज्रपात सिृजना भएको छ । गाउँपालिकाको विवादले गर्दा बजेट नआउँदा मानिसको सबैभन्दा ठुलो सम्पती स्वास्थ्य क्षेत्रमानै असर पर्ने परेको छ बजेट नआएको कारण स्वास्थ्य संस्थामा आवश्यक औषधि खरिद हुन सकेको छैन । नागरिक निगरानीको क्रममा ३९ थरी औषधि हुनु पर्न स्वास्थ्य संस्थामा २० थरी औषधि पनि नपाइएको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । 
स्वास्थ्य संस्थामा भएका औषधिहरु पनि सीमित भएकोले बजेट नआए स्वास्थ्य संस्था चलाउनै नसकिने अवस्था रहेको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का स्वास्थ्यकर्मीहरु धनुसा सुनुवार, बिन्दा खड्काले बताउनुुभयो । स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई खुवाउने झोल सिटामोलदेखि, ज्वरो आउँदा दिने एमोक्सोसिलिन, आँखा र कानको औषधि लगायतका औषधिहरु समेत अभाव भएको उहाहरुले जानकारी दिनुभयो  । 
सो स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार स्वस्थ्य चौकीमा दैनिक ५० जना भन्दा बढी विभिन्न समस्याका बिरामी आउने गरेका छन् । पछिल्लो समय एलर्जी, आखाँ, कानका विद्यायर्थीहरु दैनिक बढदो क्रममा रहेका छन् । बुधबार भने बिरामीको संख्या १०० भन्दा बढी पुग्ने गरेको बताएका छन् । 
स्वास्थ्यकर्मीक दिएको जानकारी करारमा नियुक्त गरिएका कर्मीचारीले ६ महिना देखी तलब नपाएको बताएका छन् । 
अनुगमनका क्रममा पालिकाका सबै स्वस्थ्य संस्थाको अवस्था दयनिय रहेको पाएको अनुगमन टोलिमा खटिएका मानव अधिकार संजाल रामेछापका प्रमुख पाण्डप प्रसाईले स्ष्स्टीकरण दिनुभयो  ।