समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण,

चैत्र, ९ ,

रामेछाप । आइतबार काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयर -नाइन एन एएमजी_ कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार बिहान करिब ६ : ३० बजेको समयमा जहाजको एउटा वाँया पट्टिको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका प्रमुख अमित चौरसियाले जनता भ्वाइसलाइ जानकारी दिनुभयो ।

जहाजको दुवै इन्जिन फेल भएपछि सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो । तारा यएरको ९नाइन एन एईटी० नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसीलाई समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो।

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए। तर जहाज सामान्य रुपमै अवतरण भएको छ । विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका विभानस्थल रामेछापका प्रमुख चौरसियाले जाकनरी दिनुभयो ।

दुर्घटनाको बारेमा बिहानै खबर आए पनि अबस्था गम्भिर नभएकाले प्रहरी त्यसतर्फ नगएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बशन्त पाठकले जनता भ्वाइससंग बताउनुभयो ।