उप प्रमुखको उदाहरणिय काम : घाइते बिरामीलाई हेलिकप्टर बाट उद्दार

चैत्र, १०,

रामेछाप। उमाकुण्ड गाउँपालिकाकी उप–प्रमुख उर्मिला कार्कीले गम्भिर घाइतको उद्दार गर्नुभएको छ । पालिकाको वडा नं १ गुम्देल साविकको वडा नं १ लाछेवारमा सडकको काम गर्दै गरेका सिन्धुली जिल्लाका ४६ वर्षीय चन्द्र तोलाङ्गे र ३७ वर्षीय टेक बहादुर सार्कीको उद्धार गर्नुभएको हो । सडकको काम गर्दै गरेको अवस्थामा माथीबाट खसेको ढुङ्गाले लाग्दा तोलाङ्गेका दुवै खुट्टा भाचिएको थियो ।

गम्भिर घाइते भएका उनीहरुको हेलिकप्टर चार्टर गरि काठमाण्डौ पठाइएको हो । क्यामा – लाछेवार सडकको अनुगमन गर्न पुग्नु भएकी कार्कीले काम गर्दै गरेको अवस्थामा दुबै खुट्टा गुमाएका तोलाङ्गेको उद्धार गर्नुभएको हो ।
उद्धार गरि पठाएका तोलाङ्गको काठमाण्डौको के.एम.सी. अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो तर अस्पतालले रेफर गरि वि.एण्ड.वी अस्पतामा चिकित्सकको सुझाव अनुसार तोलाङ्गेको खुट्टा काट्ने तयारी भैरहेको कार्कीले जानकारी दिनुभयो । कार्की नेपाली कांग्रेसबाट निर्वाचित उप प्रमुख हुनुहुन्छ ।

बिरामीसंग अस्पतालमा रहेका क्यामा – लाछेवार सडक खण्डका ठेकेदार भाेला थापासँग जनता भ्वाईसले फाेन सम्पर्क गर्दा आफु बिजी भएकाे भन्दै फाेन काटेकाे र पुनः पटक पटक सम्पर्क गर्दा सम्पर्क बाहिर रहेका छन् ।