चैत, १०,
रामेछाप । रामेछाप बचत तथा ऋण सहकारी संघले आफ्ना सहकारीका शेयर सदस्यहरुमा विपदको समयमा सहकारीलाई संचालन गर्नमा थप सहयोग गर्न अपिल गरेको छ । सहकारीले विश्वमा आतङ्काको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन सम्पूर्ण जिल्ला बासिमा आग्रह गर्दै सहकारी बाट संचालन हुने सेवामा थप सहयोग पु¥याउने उद्देश्यले अपिल जारी गरको हो ।
सुचना
संघमा अवद्ध सदस्यहरुलाई संघले कोरोनाको त्रास र यसले पारेको प्रभावबारेमा अबगत गराउदै ८ बुदे अपिल गरेको हो । संघका अध्यक्ष जगन्नाथ दाहाल र महासचिव नविन के.सी ले हस्तारक्षर गरेको अपिलमा लेखिएको छ– आफु पनि बच्न र अरुलाई पनि बचाउन, घरदैलो कार्याक्रम बन्द गर्न, नगद कारोबारलाई भन्दा डिजिटल कारोबारलाई प्रथामिकता दिन, सम्पूर्ण काममा हातमा पञ्जाको ब्यवस्था गर्न र सुरक्षीत रहन, थोरै कर्मचारीबाट उचित काम गर्न, सहकारीमा भिडभाड नर्गन, नेपाल सरकारले आह्वान गरेका र निर्धारण गरेका विषयलाई सहयोग गर्न शेयर सदस्यहरुलाई आग्रह गरिइएको छ ।
याे पनि पढनुस
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,
भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव
काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन