कोरोना भाइरसका बिरामीको उपचारका लागि बाग्मती प्रदेश प्रमुखले एक महिनाको तलब दिने

चैत ११,
मकवानपुर । बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने बताउनुभएको छ ।

कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने प्रदेश प्रमुख प्रसाईंले बताउनुभयो ।

कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी रकम सहयोग गर्न लागिएको प्रसाईँको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफूले सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।