घाइते मृगको उद्दार

चैत,१३,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ बाट घाइते अबस्थामा फेला परेको मृगको उद्दार गरिएकोछ । बुधबार राती सानिमदौ शिव सुवेदीको शौचलयमा घाइते अवस्थामा भेटिएको मृगको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत तथा नेपाल प्रहरीको सहयोगमा उद्दार गरि उपचार गरिएको मन्थली नगरपालिकाका इन्जिनियर तथा वातावारण विपद ब्यवस्थापन समितिका सदस्य सचिव होम खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो । अहिले मृगको उपचार गरि मन्थली नगरपालिकाको पशु स्वस्थ्य शाखामा राखिएको छ ।