प्रधानमन्त्री ओली डिस्चार्ज

चैत १४,

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुको चालमा समस्या आएपछि मनमोहन सेन्टर महाराजगन्जमा २० घण्टा राखेर उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उहाँ डिस्चार्जपछि आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।