सांसद श्रेष्ठले एक महिनाको तलबभत्ता कोरोना रोकथामका लागि दिने ( कुराकानीसहित)

चैत, १४

रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले एक महिनाको तलब कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकोषका लागि उपलब्ध गर्नुहुने भएको छ । शुक्रबार जनता भ्वाईसंग कुरागर्दै सरकारले स्थापना गरेको उपचार कोषमा एक महिनाको आफ्नो पारिश्रमिक दिने घोषणा गर्नुभएको हो ।
सरकारले केही दिन अघि मात्र कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि भन्दै ५० करोडको उपचार कोष स्थापना गरेको थियो ।