सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता

चैत,१६

रामेछाप । सुनापती गाउँपालिकामा कोरोना भाईरस उपचारमा खटिने चिकित्सहरुले तलब बाहेक प्रोत्साहा भत्ता पाउने भएका छन् । गाउँपालिकाका प्रमुख धावा लामाले जनता भ्वाईस‌सग कुरा गर्दै सो कुरा जानकारी दिनुभएको हो । उहाँले उनीहरु जोखिम मोलेरै काम गर्नु पर्ने भएकाले पालिकाको निर्णयबाट तलब बाहेक छुटै भत्ता उपलब्ध गर्ने निर्णय भएको बताउनुभयो । उहाँले जनता भ्वाईससंग भन्नुभयो हाम्रो पालिकामा निर्णय भएको छ, उहाँहरुले भत्ता पाउनुहुन्छ ।
त्यस्तै प्रमुख लामाले आफ्नो पालिकामा कोरोना रोकथामको लागि आवश्यक सामाग्री आइसकेकाले डराउनु पर्ने स्थिति नरहेको जानकारी दिनुभयो । उहाले पालिकामा हालसम्ममा कुनै बिरामी नरहेको जानकारी दिनुभयो ।