कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

चैत, १७

काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई आइतबार साँझ अस्पतालमा ल्याइएको थियो ।

चन्द्रागिरि नगरपालिका १५ सतुंगल घर भएकी उनी ३४ वर्षकी थिइन् ।