लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

चैत,१७,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिमा सोमबार आपत्कालिन बैठक बसेको छ । बैठकले कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्न विभिन्न निर्णय गरेको छ । बैठकले पालिकामा नवनिर्मित अस्पताललाई आवश्यक औषधी उपकरण खरिद गरि सेवा दिने, छ वटै वडामा तीन–तीन वटा क्वारेन्टाईन तयार गर्ने, अस्पतालमा १–१ वटा क्वारेन्टाईन बेड तयार गर्ने, बैदेशिक रोजगारबाट तथा भारतबाट फर्केकाहरूको दैनिक लगत तयार गर्ने, लगडाउनको बेला आपतमा परेका ब्यक्ति, असाय गरिबलाई खाद्यन्न उपलब्ध गर्ने, तत्काल आवश्यक औषधी तथा उपकरण खरिद गर्ने लगाएतका निर्णय गरेको पालिकाका प्रमुख खड्का सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो । साथै बैठकले कोरोना नियन्रणको लागि १० लाखको कोष स्थापना गरेको छ ।

पालिकाको तयारी फोटोमा