सामुदायिक वनमा भिषण आगोलागी : आगो नियन्त्रण बाहिर

चैत,१७,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालु गैराथोकमा आगोलागी भएको छ । साविकको वडा नं ७ डाँडाँगाउको भिरमा आगो लागेको स्थानीय राजकुमार श्रेष्ठले जनता भ्वासलाई जानकारी दिनुभयो । उहाँका अनुसार जनकल्याण सामुदायिक वनमा आइतबार राती ९ बजेदेखी लागेको आगो तिब्र गतिको हावाको कारण निरन्तर लागि रहेको जानकारी दिनुभयो ।

यता सोही वडाका वडा अध्यक्ष बिरेन्द्र कुमार बज्रर्चायले घटनाबारे बताउदै आगो तिब्र गतिमा लागेकाले नियन्त्रणमा लिन सम्भव नभएको जानकारी दिनुभयो । कोरोनाका भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन लगाएका कारण मानिसहरु भेला हुन नपाउने भएकाले रणजोर खोलाको किनारदेखी लागेको आगो नियन्त्रण गर्न नसकिने भएको हो ।

सामुदायिक वनको क्षेत्रफल करिब ठ्याक्कै थाहा नरहेको बताउनुभयो । आगोलागिको कारण के हो भन्ने जनता भ्वाइसको सवालमा अध्यक्ष बज्रचार्य भन्नुहुन्छ ‘एकिन भन्न सक्ने अवस्था छैन, यात्रुहरूले सल्किरहेको चुरोटको ठुटा ननिभाई फालेकोले आगलागी भएको अनुमान गर्न सकिन्छ “।