कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

रामेछाप, चैत्र १८ । रामेछाप नगरकार्यपालिकाको आपतकालिन बैठकले रामेछाप नगरपालिका भित्र कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा क्वारेन्टटाईन व्यवस्थापन सम्बन्धित कार्यविधि २०७६ स्वीकृत गरेको छ ।

बैठकले साविकका वडाहरूमा १/१ जना सहजकर्ता समेत सिफारिस गर्ने भएको छ ।

बैठकले साविकका वडाहरूमा १/१ जना सहजकर्ता समेत सिफारिस गर्ने भएको छ । त्यस्तै लकडाउनको समयमा बाहिर गई काम गर्ने अवस्था नभएकोले नगर भित्र रहेका काम नगर्दा खान नपुग्ने परिवारको पहिचान गरि स्पष्ट मापदण्ड तयार गर्ने भएको छ । जनता भ्वाईससँको कुराकानीमा नगरप्रमुख नरबहादुर थापा मगर भन्नुहुन्छ – “हामी जनताबाटै निर्वाचित जनप्रतिनिधि हौँ। रामेछाप नगरपालिका भित्रका नागरिकहरूलाई कोरोनाको संक्रमणबाट टाढै राख्न खटिरहेका छौँ । नागरिकहरूले पनि लकडाउनलाई अझै पुर्ण समर्थन गरिदिनु हुन्छ भन्ने विस्वास लिएकोछु ।”आज लकडाउनको सातौँ दिन हो ।