कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

चैत्र, १९,

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।