खाँडा देवीमा कोरोना रोकथाममा खटिनेलाई प्रतिब्यक्ति १० हजार,

चैत्र, १९,

रामेछाप । खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि १५ लाखको कोष खडा गरेको छ । बुधबार गाउँ कार्यपालिकाको बैठकबसि विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण गाउँपालिकामा फैलिन नदिन पालिकाले सो निर्णय गरेको हो ।

सुचना

बैठकले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य सम्बन्धि सामाग्री वितरण गर्ने, कोरोना सम्बन्धि जानकारी गर्ने र विदेशबाट पालिकामा आएकाहरुको तथ्याङक संकलन गरे बापत गाउँपालिकाभित्रका स्वास्थ्य स्वयमसेवीकाहरु र एम्बुलेन्स चालकलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।