गरिबको रगत काम आउन्न यो देशमा-काँईलो नारायण

गजल

कसैको उजाडिन्छ त कसैको घर बन्छ
बिपत्ति कसैको कमाउने अवसर बन्छ

गरिबको रगत काम आउन्न यो देशमा
गरिबकै पसिनाले खाडी उर्वर बन्छ

केही गुमाए पछि केही पाउने भनेको
गाउँ शहर नपसे कहाँ शहर शहर बन्छ

याद राख खतरनाक हुन्छ सानै कुरा
सल्किए पछि झिल्को पनि भयंकर बन्छ

छोरो जन्मेकै दिन आमाको मृत्यु भयो
के था आफ्नो जन्म आमालाई जहर बन्छ

-काँईलो नारायण