घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण

चैत,२०,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउपालिका वडा न ७ ले कोरोना भाइरस संक्रमणबाट वडा बासिलाई जोगाउन मास्क बितरण सुरु गरेको छ ।

सम्बन्धित फोटो

बिहिबारबाट वडा बासिहरु र बाहिरबाट कामका लागि वडामा आएकाहरु सबैलाई मास्क वितरण गर्न थालेको सोही वडाका वडा अध्यक्ष सुवाश बोहोराले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

जनचेतना सहित प्रत्येक घरमा पुगेर हात धुने साबुन र मास्क हस्तान्तरण गरेको बोहोराले बताउनुभयो । अध्यक्ष बोहोराका अनुसार उक्त वडामा ४५ सय नागरिकहरु बसोबास् गर्छन् । सो मास्क वडा कार्यालय आफैले खरिद गरेको हो ।