चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते

चैत २०,

धादिङ – खनियाबास नगरपालिका २ मा बुधबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर घरको छेउमा कुखुराको खोर बनाउँदै गरेका ४० वर्षीय रामसिंह तामाङको ज्यान गएको हो ।

चट्याङ लागेर त्यही गाउँपालिकाको थली निनासी पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते भएका छन् । साथै थलीमा चट्याङ पर्दा दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिनुभएको छ ।