लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

चैत,२०

चितवन । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि दिँदै आएको विशेष सवारी पास दिन बन्द गरेको छ ।

सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी बनाउनको लागि विशेष काम परेकाहरुलाई प्रदान गरिँदै आएको सवारी पास जारी गर्न बन्द गरिएको हो ।

बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यस अघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुुभयो ।

अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुने र उनीहरुलाई पास आवश्यक नपर्ने भन्दै त्यस बाहेकलाई कडाई गरिने बताइएको छ ।