विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारा तथा प्रति विद्यार्थी पाँच हजार

चैत्र १९ । ओखलढुङ्गा- नेपाल विद्यार्थी संघ ओखलढुङ्गाले जिल्लाका विद्यार्थीमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारको तथा प्रति विद्यार्थी पाँच हजारका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइसर (कोभिड–१९) बाट जिल्लाका सबै विद्यालयमा अध्ययनरत गरिव, अपाङ्ग र अशक्त विद्यार्थीहरुलाई केहि राहत मिलोस भनि सो रकम उपलब्ध गराउने निर्णय भएको नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदीले जानकारी दिनुभयो ।


त्यस्तै कोरोनाबाट बच्नको लागि सबै विद्यार्थीहरु आफैले सजगता अपनाउन र लकडाउनलाई पूर्ण रुपमा पालना गर्न / गराउन भूमिका खेल्न समेत नेविसंघले अनुरोध गरेको छ ।
कोरोना नियन्त्रणमा अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै रोग फैलिन नदिनको लागि स्थानीय तहलाई थप व्यवस्था मिलाउन अनुरोध गरेको नेविसंघ ओखलढुङ्गाका अध्यक्ष रोशन महतराले जानकारी दिनुभयो ।