साहित्यकार उपेन्द्रको निधन

चैत २०,
रामेछाप । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ। एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा बुधबार निधन भएको हो ।

उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए। उनका ११ कृति प्रकाशित छन्। हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुुभयो । उनको बुधबार नै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरिएको छ । उनका छ छोरी छन्।